नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु
चितवन । भरतपुर महानगरपालिका वडा नम्बर १ आँपटारीस्थत राजमार्गमा आज नाली सफा गर्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सडक विभागमा काम गर्ने तनहुँ जिल्लाका देवघाट गाउँपालिका वडा नं. ५ का ५५ वर्षीय भीमबहादुर मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सडक छेउको नाली सफा गर्ने क्रममा चुँडिएर नालीमा लत्रिएको तारबाट एक्कासि करेन्ट लाग्न गई अपराह्न २ः०० बजेर १० मिनेटमा उनको मृत्यु भएको हो ।
मगरको शव पोस्टमार्टमका लागि भरतपुर अस्पताल ल्याइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्