तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल प्राकृतिक सम्पदाले धनी देश हो : अध्यक्ष तिमिल्सेना

पाल्पा । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सेनाले नेपाल प्राकृतिक सम्पदाले सम्पन्न देश भएर पनि गरिब हुनुपर्ने बताउनुभएको छ । 

उहाँले देशलाई सधैँ हात थाप्ने मात्र होइन अब विकसित र समृद्ध राष्ट्र निर्माण गर्ने अभियानमा जुट्नुपर्ने बताउनुभयो । 

पाल्पाको तानसेन नगरपालिका र लुम्बिनी गार्डेन फाउन्डेसन, स्पेनबीच साझेदारी पत्रमा हस्ताक्षर कार्यक्रममा उहाँले नेपाली गरिब हुनुका कारण प्रत्येक जनताले उत्तर नेतासँग खोज्नुपर्ने बताउनुभयो । 

उहाँले नेपाल गरिब हुनुमा हामीले राणा, राजा निरङ्कुशता र बहुदललाई दोष दिएको चर्चा गर्दै देशमा जन निर्वाचित प्रतिनिधिबाट संविधान निर्माणपछि विकास समृद्धिको अभियानकै रूपमा अघि बढाउनुपर्ने बताउनुभयो  । 

नेपालमा प्रशस्त रोजगारीका अवसर सिर्जना गरी गरिबीको अन्त्य गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नेपालको पहिचानलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गर्ने कला र संस्कृति प्रशस्त भएको बताउनुभयो । 

उहाँले नेपाल कला संस्कृति, जातजाति भाषाभाषीको अध्ययन गर्ने खुला विश्वविद्यालय रहेको बताउनुभयो ।  रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button