तपाईँ सुन्दै हुनुहुन्छः

जीतपुरसिमरा गोल्डकप : नव जनजागृति युवा क्लबलाई हराउँदै एनआरटी फाइनलमा

बारा । आयोजक नव जनजागृति युवा क्लबलाई स्तब्ध पार्दै न्युरोड टिम (एनआरटी) जगदम्बा १२औँ जीतपुरसिमरा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । 

सिमरा रङ्गशालामा बुधवार भएको पहिलो सेमिफाइनल खेलमा आयोजक जनजागृतिलाई ३ −२ ले पन्छाउँदै एनआरटी फाइनलमा प्रवेश गरेको हो । 

एनआरटीलाई उपाधि होडमा उभ्याउने क्रममा स्टेफन समिरले दुई र मेसुके ओलोमाईले एक गोल गरे । आयोजकका लागि आयुश घलान र एलन थापाले समान एक।एक गोल गरेका थिए । 

घरेलु मैदानमा स्तब्ध आयोजकले एनआरटीविरुद्ध आकर्षक सुरुवात गरे पनि सम्हालिन नसक्दा प्रतियोगिताबाट बाहिरिएको हो । 

पाँचौँ संस्करणको विजेता समेत रहेको आयोजकले खेलको सुरुवातमै बनाएको केही अवसर गुमाउन पुग्दा खेलमा एनआरटी हाबी हुन पुग्यो । 

एनआरटीको जितमा महत्त्वपूर्ण दुई गोल गरेका स्टेफन समीर खेलको म्यान अफ दि म्याच घोषित भए । उहाँले पाँच हजार नगद हात पार्नुभयो  । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button