राष्ट्रिय सभा अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु
पर्वत । पर्वतको मोदी गाउँपालिका ८, चित्रेमा आजबाट दोस्रो राष्ट्रिय सभा अध्यक्ष कप भलिबल प्रतियोगिता शुरु भएको छ । प्रतियोगिताको राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले उद्घाटन गर्नुभयो ।

गत वर्ष अध्यक्ष तिमिल्सिनाकै जन्म गाउँ मोदी गाउँपालिका वडा नं. ८ राम्जा देउरालीमा प्रतियोगिता सञ्चालन गरिएको थियो ।
प्रतियोगिताको उद्घाटन गर्दै अध्यक्ष तिमिल्सिनाले स्वास्थ्यका लागि खेलकुद अपरिहार्य रहेको बताउनुभयो ।
२० गतेसम्म आयोजना हुने वडा स्तरीय भलिबल प्रतियोगितामा १० टिमको सहभागिता रहेको छ । लिग कम नक आउटको आधारमा खेलाइने खेलमा प्रथम हुनेले रु १ लाख ५१ हजार १११, द्वितीय हुनेले रु १ लाख १ हजार १११ र तृतीय हुनेले रु ५१ हजार १११ रुपैयाँ पुरस्कार र कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्ने मोदी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत किसानबहादुर क्षेत्रीले जानकारी दिनुभयो ।
त्यस अवसरमा रत्यौली प्रतियोगिता समेत आयोजना गरिएको छ । डोरी तान्ने प्रतियोगिता, छेलो फाल्ने प्रतियोगिता समेत आयोजना गरिएको छ । दुवै प्रतियोगितामा प्रथम हुनेले रु १५ हजार राशिको पुरस्कार पाउने छन् ।







प्रतिक्रिया राख्नुहोस्