तपाईँ सुन्दै हुनुहुन्छः

एमालेलाई पाँच दलीय गठबन्धनले प्रभाव नपार्ने  : अध्यक्ष ओली

भक्तपुर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी पार्टीलाई फाइदा पुग्ने गरी निर्वाचन आयोगले काम गरिरहेको बताउनुभएको छ । 

आज भक्तपुरमा सूर्य विनायक हरित कृषि तथा थोक बजार प्रा.ली.को उद्घाटन गर्नुहुँदै अध्यक्ष ओलीले निर्वाचन आयोगले मनोनयन दर्ताका लागि दुई दिन दिएको भन्दै असन्तुष्टि व्यक्त गर्नुभयो । 

उहाँले मनोनयनका लागि आयोगले एक हप्ता दिए पनि आफूहरूलाई फरक नपर्ने उहाँको तर्क थियो ।

अध्यक्ष ओलीले एमालेसँग एक्ला एक्लै लड्न सक्ने क्षमता कुनै पनि राजनीतिक दलहरूसँग नरहेको बताउनुभयो । अध्यक्ष ओलीले एमालेलाई दलीय गठबन्धनले प्रभाव नपार्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, “यदि एउटा तराजुमा एक÷एक केजीको पाँच वटा ढक एकातिर राख्नुभयो, अनि क्विन्टलको ढक एकातिर राख्नुभयो भने के हुन्छ ? नेकपा एमाले क्विन्टलको ढक जस्तो हो । गठबन्धन भनेको एक÷एक किलोका ढक हुन् ।”

उहाँले सत्ता गठबन्धनका नेताहरूले चुनावी गठबन्धन नगरी जितिँदैन भन्ने बुझेको तर गठबन्धन गर्दा पनि जितिँदैन भन्ने एमालेले बुझाउने बताउनुभएको छ । उहाँले भन्नुभयो, “एक्लै नेकपा एमालेसँग लड्छु भन्ने कुरा नचिताए हुन्छ ।”

एमाले नेता तथा व्यवसायी दुर्गा प्रसाईँले दुई अर्बको लगानीमा ‘सूर्य विनायक हरित तथा कृषि थोक तरकारी बजार’ सञ्चालनमा ल्याउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button