तपाईँ सुन्दै हुनुहुन्छः

दमक गोल्डकप : मनाङ सेमिफाइनलमा प्रवेश

भद्रपुर, झापा । मनाङ मर्स्याङ्दी क्लब झापाको दमकमा जारी दमक गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

आज भएको पहिलो सेमिफाइनल खेलमा मानेभञ्ज्याङ फुटबल क्लब दार्जिलिङलाई १–० गोल अन्तरले पराजित गर्दै मनाङले उपाधिका लागि फाइनलमा स्थान सुरक्षित गरेको हो ।

मनाङको जीतका लागि अफिज ओलावलेले निर्णायक गोल गरे । उनले खेल शुरु भएको २९ औँ मिनेटमा गोल गरेका थिए ।

आजको खेलको म्यान अफ द म्याच विजेता टिमका अफिज ओलावले घोषित भए । उनले नगद दश हजार रुपैयाँ पाए ।

भोलि दोस्रो सेमिफाइनल खेल गोर्खा ब्वाइज रुपन्देही र डिफेन्डिङ च्याम्पियन नेपाल पुलिस क्लवबीच हुने आयोजक दमक नगर खेलकुद विकास समितिका खेल संयोजक मोहन मगरले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button