तपाईँ सुन्दै हुनुहुन्छः

धेरै सवारी साधन एकै ठाउँमा दुर्घटना हुँदा अमेरिकामा तीनको मृत्यु

वासिङ्टन। अमेरिकाको अन्तर राज्य राजमार्गमा धेरै सवारी एकै ठाउँमा दुर्घटनामा हुँदा कम्तीमा तीन जनाको मृत्यु भएको छ ।

देशको पेन्सिलभेनियामा सोमबार भएको दुर्घटनामा परी उनीहरूको मृत्यु भएको अधिकारीहरूले जानकारी दिएका छन् । स्थानीय समय अनुसार बिहान १०.३० बजे दुर्घटना भएको हो ।

दुर्घटनामा झण्डै कार, ट्रक, ट्याक्टर लगायतका ६० सवारी साधन परेका थिए । हिउँ आँधीका कारण दुर्घटना भएको अधिकारीहरूले जनाएका छन् ।

दुर्घटनामा परी अरु २० जना घाइते भएको र उनीहरूको स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।सिन्ह्वा

प्रतिक्रिया राख्नुहोस्

Back to top button