तपाईँ सुन्दै हुनुहुन्छः

चार वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा युवक पक्राउ

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिकामा चार वर्षकी बालिकालाई बलात्कार गरेको आरोपमा एक जना युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा हाल अस्थायी रुपमा पाल्पाको तिनाउ गाउँपालिकामा बस्ने प्यूठान जिल्ला झिम्रुक गाउँपालिका–६, बस्ने वर्ष २५ का प्रेम पुन रहेको प्रहरीले जनाएको छ । रोल्पा स्थायी घर भएकी ४ वर्षकी बालिकालाई जबर्जस्ती करणी गरेको प्रहरीले जनाएको छ ।

आइतबार राति १० बजेतिरको समयमा ती युवकले बालिकामाथि जबर्जस्ती गरेको प्रहरीको भनाई छ । युवकलाई पक्राउ गरेर थप अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button