एन्फाको विशेष साधारण सभा मङ्गलवार बस्दै
काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को विशेष साधारण सभा मङ्गलवार बस्दै छ ।
एन्फाले यस अघि स्थगित विशेष साधारण सभा सानेपास्थित हेरिटेज गार्डेनमा बोलाएको छ । यस अघि फागुन ८ गतेको लागि डाकिएको एन्फाको विशेष साधारण सभा प्राविधिक कारण देखाएर स्थगित गरिएको थियो । तर, एन्फाको १८ औँ कार्यसमिति बैठकले साधारण सभा चैत १५ गते गर्ने निर्णय गरेको थियो ।
साधारण सभामा निर्वाचनमा केन्द्रित एजेन्डाहरूमा छलफल हुने बताइएको छ । एन्फाको निर्वाचन आगामी वर्षको जेठ १५ गते हुनेछ ।








प्रतिक्रिया राख्नुहोस्