निर्वाचन आचार संहिता कडाइका साथ लागू गरिन्छ : प्रमुख निर्वाचन आयुक्त

धनगढी।प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले निर्वाचन आचार संहिता कडाइका साथ लागू गरिने बताउनुभएको छ । आज धनगढीमा आयोजित निर्वाचन आचार संहिताको प्रभावकारी कार्यान्वयन र सरोकारवालाहरूको भूमिका विषयक अन्तरक्रिया कार्यक्रममा उहाँले निर्वाचन आचार संहिताको पालना गर्नु सबैको जिम्मेवारी (दायित्व) भएको बताउनुभयो ।
निर्वाचन आचार संहिता सम्बन्धीको विषय अहिले अदालतमा विचाराधीन रहेको उल्लेख गर्दै प्रमुख निर्वाचन आयुक्त थपलियाले अदालतबाट व्याख्या सहित निकास आउने विश्वास व्यक्त गर्नुभयो । उहाँले स्थानीय तहको निर्वाचन स्वच्छ, निष्पक्ष, भयरहित वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोग लागिपरेको बताउनुभयो ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले निर्वाचन सम्बन्धी नीति, नियम, विधि-प्रक्रियासंगै निर्वाचन आचार संहिताको पालना गर्न/गराउनका लागी प्रदेश सरकार प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले निर्वाचन आचार संहिताको पालना गर्नु सबैको साझा कर्तव्य भएको बताउनुभयो ।
कार्यक्रममा पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ, सुदूरपश्चिम प्रदेशका मुख्यन्यायधीवक्ता कुलानन्द उपाध्याय, सरकारी अधिकारी, प्रमुख राजनैतिक दलका प्रतिनिधिहरू, प्रदेश सभा सदस्यहरु, कानुन व्यवसायी, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको छ ।






प्रतिक्रिया राख्नुहोस्