जिल्ला प्रशासन कार्यालय पाँचथरद्वारा हातहतियार बुझाउन आव्हान
पाँचथर । जिल्ला प्रशासन कार्यालय पाँचथरले हातहतियार बुझाउन सूचना प्रकाशन गरी आह्वान गरेको छ ।
स्थानीय तहको निर्वाचनलाई भरपर्दो र विश्वसनीय बनाउन इजाजत लिएर राखिएका हतियार बुझाउन भनिएको हो ।

पाँचथरका प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले एक सूचना जारी गर्दै इजाजत लिई राखेको हतियार निर्वाचन सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी बुझाउन अनुरोध गर्नुभएको छ ।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर राख्दै चैत मसान्तसम्म जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी चौकीमा बुझाउन आव्हान गरिएको प्र जि अ न्यौपानेले बताउनुभयो ।






प्रतिक्रिया राख्नुहोस्