तपाईँ सुन्दै हुनुहुन्छः

‘नेपाली साना उद्योगीका उत्पादन र वस्तुहरूको बजारीकरणमा सघाउने’ 

काठमाडौँ । भारतका लागि नवनियुक्त राजदूत डा.शङ्कर प्रसाद शर्माले लघु, घरेलु तथा साना उद्योगहरूले उत्पादन गरेका वस्तुहरूको अन्तर्राष्ट्रिय प्रवर्धनमा सघाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

नेपाल घरेलु तथा साना उद्योग महासङ्घले राजधानीमा आयोजना गरेको बधाई तथा शुभकामना कार्यक्रममा भारतमा नेपाली साना उद्योगीका उत्पादन र वस्तुहरूको बजारीकरणमा सघाउने बताउनुभयो ।

राजदूत शर्माले दुई देशका निजी क्षेत्रबीच सम्बन्ध विस्तार गरी लगानीमा सहजीकरण गराउनेतर्फ आफूले पहल गर्ने बताउनुभयो ।

कार्यक्रममा महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले सरकारको आयात प्रतिस्थापन र निर्यात प्रवर्द्धन गर्ने उत्पादनमूलक उद्यम व्यवसायको प्रवर्द्धन गर्नुपर्ने मुख्य चुनौती रहेको भन्दै यस्तो चुनौतीको सामना गर्न लघु, घरेलु तथा साना उद्योगहरूको विकास र प्रवर्द्धन गर्न आवश्यक भएकोमा जोड दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button