तपाईँ सुन्दै हुनुहुन्छः

तीन किलो अफिमसहित एक जना महिला पक्राउ

बीरगंज । सशस्त्र प्रहरीले वीरगंजबाट ३ किलो ग्राम अवैध लागु औषध अफिम सहित एक  जना महिलालाई पक्राउ गरेको छ । 

सशस्त्र प्रहरी बल १३ नम्बर गण हेड क्वाटर बीरगंजबाट खटिएको गस्ती टोलीले विशेष सुराकीको आधारमा वीरगंज महानगरपालिका वडा नम्बर १५ भेडियाहीबाट बारा जिल्ला जितपुर सिमरा उपमहानगरपालिका वडा नम्बर ७ बस्ने ४० बर्षीया रिना देवीलाई नेपालबाट भारततर्फ लैजाँदै गरेको ६ वटा पोकामा रहेको अवैध लागु औषध अफिम रंगेहात पक्राउ गरेको हो । 

अफिमसहित पक्राउ परेकी रिना देवीलाई थप कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा बुझाइएको सशस्त्र प्रहरी उपरीक्षक पर्साका तेज प्रसाद पोखरेलले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button