तपाईँ सुन्दै हुनुहुन्छः

कृषकलाई ठगी गरेको आरोपमा सामाग्रीसहित एक पक्राउ

सल्यान । सल्यान प्रहरीले कृषकलाई ठगी गरेको आरोपमा सामाग्रीसहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको कपुरकोट गाउँपालिका –३ कपुरकोटबाट सम्झौताभन्दा कमसल सामाग्री वितरण गरी रहेको अवस्थामा सामाग्रीसहित रोल्पा गंगादेव गाउँपालिका –३ का गंगाराम खत्रीलाई जिल्ला प्रहरी कार्यालय सल्यानले पक्राउ गरेको जनाएको छ ।

कृषि किङ र किसान नामक कम्पनीका मिनिटिलर (हाते ट्याक्टर) ७२ हजारमा उपलब्ध गराउने भनी जलजला सिडसँग कृषि समूहले सम्झौता गरी कृषि समूहले ३६ हजार र बाँकी ५० हजार प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना इकाई जोनले अनुदान उपलब्ध गराउने सहमति भएपनि जलजला सिडका सञ्चालक खत्रीले सम्झौता भन्दा कम लागतको मिनिटिलर ल्याएर वितरण गरी रहेको अवस्थामा सामान सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका सूचना अधिकारी अजुर्न पौडेलले जानकारी दिनुभयो ।

प्रदेश ३०१ ००६ ख ४५ नम्बरको ट्रकमा लोड गरी ल्याई वितरण गरिरहेको अवस्थामा उक्त ट्रक नियन्त्रणमा लिई चेकजाँच गर्ने क्रममा कृषि किङ ब्राण्डको मिनिटिलर लेखिएका डिजाइन बाई इन्डिया लेखिएका आइटम १७८ डिजेल मिनिटिलर ६२, आइटम १७३ डिजेल का मिनिटिलर ३ थान, ,कम्बाइन मिल १ थान, बु्रस कटर ७ थान, , मोबिल ६० बोतल, गियर बेल ७५ बोतल, सिङ्गल इन्डक्सन मोटर १ थान र ब्रुस ब्लेड २ थान नियन्त्रणमा लिइएको उहाँको भनाई छ ।

नयाँ किसान र हाईजिन एग्रोको ट्याक्टरहरूमा कृषि किङ र किसान हाते ट्याक्टरको लोगो अनाधिकृत रुपमा प्रयोग गरी सस्ता सामानहरू झुकाएर वितरण गरिरहेको सूचना आएपछि सामग्रीसहित खत्रीलाई नियन्त्रण लिएको उहाँको भनाई छ । कृषि किङको नेपालको लागि आधिकारिक बिक्रेता रहेको डि.बि. ईन्टरनेशनल प्रा.लि. भरतपुर चितवनबाट समेत आफ्नो लोगोको अनाधिकृत प्रयोग गरेको भनी लिखित जाहेरी दरखास्तसमेत प्राप्त भएको पौडेलले बताउनुभयो ।

खत्रीमाथि कृषि सामाग्री ल्याई आफूले लाभ लिने नियतले झुट्टा लिखत बनाई किर्ते गरेकाले ठगी तथा किर्ते गरेको कसुरमा प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button