ट्र्याक्टर दुर्घटना हुँदा सहचालकको मृत्यु
रोल्पा । रोल्पाको सुलिचौरबाट बालुवा लिएर गजुल जाने क्रममा ट्र्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
सुनिल स्मृति गाउँपालिका–३ मा पर्ने लोबाङ ठाउँको कच्ची सडकबाट करिब ६० मिटर तल खोल्सामा लु ३ त ९९६० नम्बरको ट्र्याक्टर खस्दा सह–चालक सुनिल स्मृति गाउँपालिका–५ निवासी वर्ष २० वर्षीय खुमे थापाको सुलीचौरको प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार गर्दा गर्दै मृत्यु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्