तपाईँ सुन्दै हुनुहुन्छः

स्थानीय तहको निर्वाचनमा खट्न कार्यकर्तालाई अध्यक्ष नेपालको निर्देशन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सक्रियतापूर्वक लाग्न आम कार्यकर्तालाई निर्देशन दिनुभएको छ ।

एकीकृत समाजवादीको पार्टी निकट एकीकृत ट्रेड युनियन महासङ्घ नेपाल (आइसिटियु) घोषणा सभा तथा सम्मान समारोहलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले स्थानीय तहको निर्वाचनमा पहिलो पार्टी हुने गरी लाग्न कार्यकर्तालाई निर्देशन दिनुभएको हो ।

file photo

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री किसान श्रेष्ठले श्रमिकका आम समस्या समाधान गर्न जतिसक्दो चाँडो श्रम ऐन बनाएर प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले श्रमिकहरूलाई गोलबद्ध गर्दै श्रमजीवी वर्गको समृद्धि, भेदभावको अन्त्य, समान अवसर र समानताका लागि सरकार लागिपरेको बताउनुभयो ।

पूर्व श्रम मन्त्री मुकुन्द नेपालले स्वरोजगार श्रमिकलाई व्यवसाय गर्ने वैकल्पिक तथा उचित व्यवस्था मिलाउन सम्बन्धित निकायमा दबाब सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।

महासङ्घले ट्रेड युनियन आन्दोलनमा देखिएको वर्तमान विकृति, विसङ्गति र बेथितिको अन्त्य गरी साँचो अर्थमा मजदुर पक्षीय, जुझारु अनि प्रगतिशील ट्रेड युनियन आन्दोलनको स्थापना विकास र विस्तारमा जोड दिने प्रतिबद्धता जनाएको छ ।

महासङ्घका अध्यक्ष विष्णु लम्सालले नेकपा (एमाले) जिफन्टले पछिल्ला दिनहरूमा आएर वैचारिक रुपमा कमजोर र श्रमिकका मुद्दा सम्बोधनमा असफल भएको आरोप लाउनुभयो ।
रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button