ट्रकसहित अवैध मलखाद पक्राउ
बारा । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको जीतपुरमा प्रहरीले ट्रकसहित अवैध मलखाद पक्राउ गरेको छ ।

वीरगन्जबाट पथलैयातर्फ आउँदै गरेको ना.२.ख.८५२२ न.को ट्रकमा चोरी निकासी गरी ल्याउँदै गरेको ५० किलोको २ सय बोरा खाद बरामद गरेको इलाका प्रहरी कार्यालय जीतपुरले जनाएको छ ।
बोरामा कुनै किसिमको छाप, उत्पादन मिति, कम्पनीको नाम, एक्सपायर मिति नभएको कारण मलखाद पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जीतपुरका प्रहरी नायब निरीक्षक राजेश राजन थापाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्