तपाईँ सुन्दै हुनुहुन्छः

चीनबाट थप २ सय ३२ मेट्रिक टन रासायनिक मल भित्रियो

सिन्धुपाल्चोक । चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट बिहीबार थप २ सय ३२ मेट्रिक टन  रासायनिक युरिया मल नेपाल भित्रिएको छ ।

सोही नाका भएर बुधवार पनि २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । उक्त मल ल्याब टेस्ट गरी शुक्रवार नै राजधानी पठाइएको छ ।   हिजो ८ कन्टेनरमा आएको २ सय ३२ मेट्रिक टन युरिया मल आज ल्याब टेस्ट गरी राजधानी पठाइने  तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले बताउनुभयो । 

रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । शिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो।

टेन्डर पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा १ हजार ५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button