यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता कर्णाली प्रदेश फाइनलमा
काठमाडौँ । कर्णाली प्रदेश धनगढीमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता फाइनलमा पुगेको छ ।
समूह ए को अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम प्रदेशले बागमती प्रदेशलाई ६ विकेटले पराजित गरेपनि नेट रनरेटको कारण कर्णाली इतिहास कै पहिलो पटक फाइनलमा पुगेको हो ।
कर्णाली यसअघि कुनै पनि राष्ट्रिय स्तरको क्रिकेट प्रतियोगिता फाइनलमा पुग्न सकेको थिएन । कर्णाली र सुदूरपश्चिमको समान ४ अङ्क भएपनि नेट रनरेटको कारण समूह ए बाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको हो । समूह बी बाट गण्डकी प्रदेश शीर्ष स्थानमा रहँदै फाइनलमा पुगी सकेको छ । उपाधिको लागि कर्णाली र गण्डकी प्रदेशबीच शुक्रवार प्रतिस्पर्धा हुनेछ ।
कर्णाली ३ खेलमा २ मा जित र १ मा हार सहित शीर्ष स्थानमा रह्यो । सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हार सहित नेटरनरेटका कारण दोस्रो स्थानमा रह्यो । कर्णालीले सुदूरपश्चिमलाई ३४ रन र बागमतीलाई ९ विकेटले पराजित गरेको थियो । लुम्बिनी प्रदेशसँग ५ विकेटले पराजित भएको थियो । समूह बी मा शीर्ष स्थानमा रहेको गण्डकीले प्रदेश १ लाई १५ रन र मधेश प्रदेशलाई २० रनले पराजित भएको थियो ।








प्रतिक्रिया राख्नुहोस्