तपाईँ सुन्दै हुनुहुन्छः

इजाजत प्राप्त हातहतियार प्रहरीलाई बुझाउन सुनसरी प्रशासनको आग्रह 

सुनसरी । जिल्ला प्रशासन कार्यालय सुनसरीले इजाजत प्राप्त विभिन्न हात हतियारहरू १५ दिन भित्र प्रहरीलाई बुझाउन आग्रह गरेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले बुधवार एक सूचना जारी गरी यही २०७९ वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई शान्तिपूर्ण र भयरहित तवरबाट सम्पन्न गर्नको लागि सुनसरी जिल्लाभित्र इजाजत प्राप्त गरी राखिएका विभिन्न किसिमका हात हतियारहरू निर्वाचन कार्य सम्पन्न भए पश्चात् फिर्ता पाउने गरी नजिकको प्रहरी कार्यालयमा बुझाउन सूचना जारी गरेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button