एमालेको केन्द्रीय कमिटी बैठकमा स्थानीय तहको निर्वाचन केन्द्रित छलफल जारी

काठमाडौँ । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी छ ।
काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बुधवारदेखि जारी केन्द्रीय कमिटी बैठकको मुख्य एजेन्डा वैशाख ३० को स्थानीय तहको निर्वाचनमा केन्द्रित रहेको छ ।
बैठकमा चुनावी घोषणापत्र, उम्मेदवार चयनका मापदण्डलगायतका विषय मुख्य एजेन्डाका रुपमा रहेका छन् ।
यस्तै, बैठकमा पार्टीका विभागलाई पूर्णता दिने, निर्वाचनमा पार्टी नेतृत्वको भूमिका, सचिवालय र पोलिटब्यूरो कमिटी बैठकको निर्णय अनुमोदनलगायत प्रस्तावमाथि पनि छलफल हुने बताइएको छ ।
जारी केन्द्रिय कमिटी बैठकमा बुधवार अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक तथा समसामयिक प्रतिवेदन पेस भएको थियो भने सात वटै प्रदेशका अध्यक्षहरूले रिपोर्टिङ गर्नुभएको थियो ।








प्रतिक्रिया राख्नुहोस्