तपाईँ सुन्दै हुनुहुन्छः

एनसीसी प्रति आकर्षित हुँदै विद्यार्थी

बाजुरा । सदरमुकाम मार्तडी स्थित मालिका माद्यामिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा उज्ज्वला विष्ट एन.सी.सी. (नेपाली सेनाको राष्ट्रिय सेवा दल) तालिमका लागि कोहोलपूर जाँदै गर्दा अत्यन्त खुसी मुडमा देखिनुहुन्थ्यो ।

नेपाली सेनाले आयोजना गर्दै आएको उक्त तालिम लिएपछि भविष्यमा सेना प्रहरी लगायतका सुरक्षा फौजको छनौटका लागि प्राथमिकतामा परिने उहाँको बुझाई छ । उक्त तालिम लिएपछि भविष्यमा देश विदेश घुम्न पाउने र बानी व्यवहार तथा आचरणमा पनि उल्लेखनीय सुधार आउने महसुस उहाँले गर्नुभएको छ ।

पिटी,कवाज र अनुशासित बन्न एनसीसी तालिमको मुख्य सिकाई हुनेमा उहाँको ठम्याई छ । राष्ट्रिय सेवा दल एक साहसी तालिम भएकोले उक्त साहस बटुल्न छात्रा पनि कम छैनन् भन्ने प्रमाणित गर्न उक्त तालिममा जान लागेको छात्रा विष्टले बताउनुभयो ।

उज्ज्वला जस्तै धेरै विद्यार्थीहरू अहिले नेपाली दिने उक्त तालिममा जान उत्साहित छन् । पछिल्लो समयमा तालिममा जान विद्यार्थीहरू स्वतःस्फूर्त अग्रसर देखिएका हुन् । ‘स्कुल, कलेज पढ्यो अन्तिममा प्रमाणपत्र बाकसमा थन्क्याएर खाडी मुलुक जानु पर्ने नेपाली युवायुवतीको बाध्यता छ । सानैदेखि सैन्य तालिम लिन पाए देश र जनताको लागि पहरेदार बन्ने छौँ’ छात्रा भावना उपाध्याय लगायतका तालिमका सहभागी विद्यार्थीले खुसी व्यक्त गरे । मालिका माविका ३६ विद्यार्थी राष्ट्रिय सेवा दलको तालिम पाउने भएपछि अभिभावकले पनि बालबालिकाको बानीब्यबहार र आचरणमा सुधार आएको बताउनुहुन्छ । खासमा सेनाको तालिमले सानै भएपनि भविष्यमा रोजगारीको बाटो खुल्छ कि भन्ने आशा हो ,अभिभावक हरिचन्द्र विष्टले भन्नुभयो ।

अनुशासन, लगनशील र राष्ट्रकालागि कुशल नागरिक उत्पादन गर्ने उद्देश्यले नेपाली सेनाले पछिल्लो समयमा देशभरका सामुदायिक तथा व्यावसायिक विद्यालयमा अध्ययनरत कक्षा आठ देखि १२ कक्षा अध्ययनरत विद्यार्थीलाई छनौट गर्दै तालिम दिँदै आइरहेको छ । बाजुराबाट मालिका माविमा अध्ययनरत ३६ र बडीमालिका इङ्गलीस बोर्डीङ्ग स्कुलका ३६ गरी यो वर्षका लागि गत शनिवार ७२ विद्यार्थी भाइबहिनीलाई नेपाली सेनाको राष्ट्रिय सेवा दल तालिममा छनौट गरी कोहोलपूर पठाएको छौँ, मालिका माविका प्रधानाध्यापक शुुभराज तिमिल्सीनाले भन्नुभयो । ७९ दिनसम्म सेनाले विद्यालयमै आएर तालिम दिन्छन् २१ दिन का लागि कोहोलपूर पठाउँछौँ । “तालिमले विद्यार्थीलाई स्वाभिमान अनुशासित, लगनशील र राष्ट्र सेवामा टेवा पुु¥याउने उद्देश्यले जुनियर र सिनियर गरी एनसीसी तालिममा समावेश गर्दै आएका छौँ । ” एक सय दिनको सैन्य तालिम प्राप्त गरिसकेपछि विद्यार्थीको आचरणमा उल्लेखनीय परिवर्तन आएको प्रधानाध्यापक तिमिल्सिनाको भनाई छ ।

देशभर ४७ औँ ब्याच पुुगेपनि बाजुराको चौथो ब्याचका रुपमा विद्यार्थी छनौट गरी पठाएको हो । “भविष्यमा सेनामा जानका लागि यो तालिमले सहयोग पुर्‍याउने छ । रोजगारी पाउने अभिलासाले पनि विद्यार्थीमाझ पछिल्लो समयमा यसप्रति आकर्षण बढेको हुनुपर्छ । ” मालिका माविका शिक्षक शेरबहादुर रावलको बुझाई छ । विगत केही वर्ष यता नेपाली सेनाले बाजुराका विद्यार्थीलाई एनसीसी तालिम दिँदै आइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button