गण्डकी प्रदेश यु–१९ राष्ट्रिय महिला क्रिकेटको फाइनलमा
धनगढी । गण्डकी प्रदेश धनगढीमा जारी यु–१९ राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
गण्डकीले मधेस प्रदेशलाई २० रनले हराउँदै समूह बी बाट शीर्ष स्थानमा रहँदै फाइनलमा पुग्ने पहिलो टोली बनेको हो ।
धनगढीको फाप्ला क्रिकेट मैदानमा पहिला ब्याटिङ गर्दै गण्डकीले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ७ रन बनाएको थियो ।
१ सय ८ रनको विजयी लक्ष्य पछ्याएको मधेस प्रदेशले २० ओभरमा ६ विकेट गुमाउँदै ८७ रन बनायो ।
समूह ए मा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र बागमती छन् । समूह बी मा प्रदेश १, मधेस प्रदेश र गण्डकी प्रदेश छन् । दुवै समूहको शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।
समूह ए बाट फाइनल पुग्ने टोलीको टुङ्गो लाग्न बाँकी छ । कर्णालीले सुरुवाती दुवै खेलमा जित निकालेको थियो ।
फाइनल चैत्र ११ मा हुनेछ ।







प्रतिक्रिया राख्नुहोस्