अत्यधिक गर्मीको कारण पर्साको जनजीवन प्रभावित
वीरगंज । विगत केही दिन यता बीरगंजलगायत मध्य तराईमा अत्यधिक गर्मीको कारण जनजीवन प्रभावित भएको छ ।
गर्मी बढ्दै गएपछि दिउँसो हिड्डुल गर्ने सर्वसाधारण , काम गर्ने मजदुर तथा कृषि कर्म गर्ने किसानहरू बढी प्रभावित भएका छन् । यता अत्यधिक गर्मीकै कारण आज पर्साको पटेर्वासुगौली गाउँपालिका वडा नम्बर ४ मा रहेको नेपाल राष्ट्रिय माध्यमिक विद्यालय, सुगौलीमा अध्ययनरत १५ जना बिद्यार्थीहरु बेहोस भएका छन् ।
कक्षा कोठामा पढाइ भइरहेको अवस्थामा गर्मीका सो विद्यालयको कक्षा ७, ८ ९ र १० मा अध्ययनरत १५ जना विद्यार्थी बेहोस भएको र उनीहरूको स्थानीय स्वास्थ्य चौकीमा उपचार गरिएको विद्यालयका सहायक प्रधानाध्यापक रामाशंकर राउत थारुले जानकारी दिनुभयो ।
गर्मीका कारण बिद्यार्थीहरु बेहोस हुन थालेपछि दिउँसो १२ः०० बजेदेखि विद्यालय बन्द गरिएको उहाँले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्