तपाईँ सुन्दै हुनुहुन्छः

बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा भारतीय युवक पक्राउ

भद्रपुर, झापा । झापाको बिर्तामोडमा बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन् । प्रहरीले भारत मणिपुर राज्यस्थित कानखोपी इराङ २५ बस्ने २५ वर्षीय मदन बुढाथोकीलाई पक्राउ गरेको हो ।

चैत ५ गते होलीका दिन बिर्तामोडको होटेल हिकोला हेरिटेज अगाडि १६ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा बुढाथोकीलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सन्तोष आचार्यले जानकारी दिनुभयो । 

होलीकै दिन अपराह्न ४ पीडित बालिका आफ्नो भाइसँग हिँडिरहेको अवस्थामा बुढाथोकीले बालिकाको यौनाङ्गमा हात पुर्‍याई अस्वाभाविक यौनजन्य गतिविधि गरेकोले बुढाथोकीलाई प्रहरीले घटनास्थलबाटै पक्राउ गरेको थियो । 

पीडित बालिकाको दिदीको जाहेरीका आधारमा प्रहरीले बुढाथोकीलाई झापा जिल्ला अदालतबाट एक हप्ताको म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी आचार्यले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button