‘सञ्चार र विकास’ लाई निरन्तरता दिनेसम्बन्धी सम्झौता
काठमाडौँ । रेडियो नेपाल र नेपाल दूरसञ्चार प्राधिकरणबिच रेडियो नेपालबाट प्रसारण हुने ‘सञ्चार र विकास’ कार्यक्रम तथा विभिन्न सूचना र सन्देश प्रसारणलाई निरन्तरता दिनेसम्बन्धी सम्झौता भएको छ।
प्राधिकरण सँगको सहकार्यमा रेडियो नेपालले प्रत्येक हप्ताको मङ्गलवार बिहान ७ः२५ देखि ७ः४० सम्म ‘सञ्चार र विकास’ नामक कार्यक्रम उत्पादन र प्रसारण गर्दै आएको छ।

यसैगरी प्राधिकरण सँगको सहकार्यमा रेडियो नेपालले दूरसञ्चार प्रविधिको प्रयोगसम्बन्धी विभिन्न चेतनामूलक सूचना र सन्देश प्रसारण गर्दै आएको छ।
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धिबहादुर केसी र नेपाल दूरसञ्चार प्राधिकरणको तर्फबाट सहायक निर्देशक राजेन्द्र थापाले हस्ताक्षर गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्