तपाईँ सुन्दै हुनुहुन्छः

‘एनएसजेएफ पल्सर स्पोर्ट्स’ अवार्डको सम्पूर्ण तयारी पूरा

काठमाडौँ । १८ औँ संस्करणको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स’ अवार्डको सम्पूर्ण तयारी पूरा भएको छ ।

नेपाल खेलकुद पत्रकार मञ्चले सोमबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

पत्रकार सम्मेलनमा आयोजक मूल समारोह समितिका संयोजक दुर्गानाथ सुवेदी (देवेन्द्र) ले कमलादीस्थित प्रज्ञा भवनको हलमा भव्यसँग आयोजना हुने १८ औँ संस्करणको अवार्डको सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनुभयो ।

पल्सर स्पोर्ट्स अवार्डको यस संस्करणमा विभिन्न नौ विधामा प्रदान गरिनेछ । कोरोनाका कारण २०७७ सालमा खेलकुदका उल्लेख्य गतिविधि नभएकाले मञ्चले पछिल्लो एक दशक नेपाली खेलकुदमा छाएका पुरुष, महिला खेलाडी र प्रशिक्षकलाई खेलमा उनीहरूको उपलब्धिका आधारमा अवार्ड प्रदान आयोजकले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button