तपाईँ सुन्दै हुनुहुन्छः

एमाले पोलिटब्युरो बैठक: उम्मेदवार छनौटसम्बन्धी मापदण्ड हेरफेर

काठमाडौँ । नेकपा एमालेले स्थानीय तह निर्वाचनका उम्मेदवार छनौटसम्बन्धी मापदण्डमा सामान्य हेरफेर गरेको छ ।

काठमाडौँको बबरमहलस्थित कार्की ब्याङ्केटमा आज बसेको पोलिटब्युरो बैठकमा आएका सुझावका आधारमा उम्मेदवार सिफारिस र निर्णयसम्बन्धी विधि र मापदण्डमा सामान्य हेरफेर गरिएको प्रचार विभाग प्रमुख पृथ्वी सुब्बा गुरुङले जानकारी दिनुभयो ।

प्रचार विभाग प्रमुख गुरुङका अनुसार पार्टीले उम्मेदवार छनौटका लागि ६ बुँदे मापदण्ड समेत तयार गरेको छ ।

पार्टीको स्थापना दिवसका दिन केन्द्रले स्थानीय तहको चुनावी घोषणापत्र जारी गर्ने र सोही दिन सबै स्थानीय तहले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गर्ने प्रचार विभाग प्रमुख गुरुङले जानकारी दिनुभयो ।

बैठकले पार्टीका सबै केन्द्रीय सदस्य आ–आफू मतदाता रहेको भूगोलमा केन्द्रित हुने निर्णय गर्दै बैठकले आगामी केन्द्रीय कमिटी बैठकका लागि ११ वटा एजेन्डा तय गरेको छ ।

आसन्न निर्वाचनका लागि उम्मेदवारको टुङ्गो स्थायी कमिटी बैठकले लगाउनेछ । यही चैत ९ र १० गते केन्द्रीय कमिटी बैठक र १३ गते स्थायी कमिटीको बैठक बस्न एमालेले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button