कास्कीमा १ हजार ४ सय ७१ जना म्यादी प्रहरी भर्ना गरिने
पोखरा । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कास्कीमा १ हजार ४ सय ७१ जना म्यादी प्रहरी भर्ना गरिने भएको छ ।
कास्कीमा १ हजार ४ सय ७१ जना म्यादी प्रहरी आवश्यक पर्ने भएकोले म्यादी प्रहरी भर्ना गर्न चैत ६ देखि ११ गतेसम्म दरखास्त आह्वान गरिएको छ ।
कास्कीमा स्थानीय तहको निर्वाचनमा १ हजार ४ सय ७१ जना म्यादी प्रहरी खटिने भएका छन् ।
म्यादी प्रहरी भर्नाको लागि छनौटको मापदण्ड बनाइएको छ । १८ वर्ष पूरा भई ५४ वर्ष ननाघेका नेपाली नागरिकले दर्खास्त दिन सक्ने व्यवस्था छ । पूर्व नेपाली सेना, प्रहरी, पूर्व वन रक्षक तथा विगतमा पनि म्यादी प्रहरीको अनुभव भएकाहरूलाई प्राथमिकतामा राखिने गरी मापदण्ड बनाइएको छ ।
म्यादी प्रहरीमा दरखास्त दिनको लागि नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपि, शैक्षिक योग्यताको प्रमाण पत्रको प्रतिलिपि, उनीहरूले शारीरिक परीक्षणको रिपोर्ट भूपू सुरक्षाकर्मी भए सेवा निवृत्त हुँदाको प्रमाण पत्रको प्रतिलिपि, रु १० को हुलाक टिकट र ५ प्रति पासवर्ड साइजको फोटो आवश्यक पर्ने छ ।
म्यादी प्रहरीले ४० दिन काममा खटिनुपर्ने हुन्छ । त्यो भन्दा अगाडि उनीहरूलाई तालिम दिइने छ । म्यादी प्रहरीको मासिक ३० हजार २४० रुपैयाँ पारिश्रमिक निर्धारण गरिएको छ ।
पारिश्रमिकका साथै प्रत्येक म्यादी प्रहरीले खाद्यान्न बापत ७ हजार २००, पोसाक र अन्य खर्च गर्ने गरी ६ हजार, यातायात खर्च बापत १ हजार र बिमा सुविधासमेत उपलब्ध गराइने व्यवस्था छ ।
छनोट प्रक्रिया भने १५ चैतदेखि हुनेछ भने नतिजा २२ चैतसम्ममा प्रकाशन गरिने र २८ गतेदेखि प्रशिक्षण सुरु गरिने भएको बताइएको छ ।








प्रतिक्रिया राख्नुहोस्