निर्धारित समयमै र निष्पक्ष गर्न ढङ्गबाट निर्वाचन सम्पन्न हुनुपर्छ : अध्यक्ष ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा उम्मेदवारी मनोनयनको समय दुई दिन राखिएको प्रति आपत्ति जनाउँदै यस विषयमा राजनीतिक दलसँग परामर्श गर्नुपर्ने बताउनुभएको छ ।

नेकपा एमालेको पोलिटव्युरो बैठकलाई आज सम्बोधन गर्नुहुँदै अध्यक्ष ओलीले उम्मेदवारी मनोनयनको समय दुई दिन तोक्ने र उम्मेदवारी दिन पदाधिकारीहरूले राजीनामा दिनुपर्ने जस्ता प्रावधान ठिक नभएको बताउनुभयो ।
अध्यक्ष ओलीले स्थानीय तहको निर्वाचन निर्धारित समयमै र निष्पक्ष गर्न ढङ्गबाट सम्पन्न गर्न सरकारसँग माग गर्नुभयो ।








प्रतिक्रिया राख्नुहोस्