तपाईँ सुन्दै हुनुहुन्छः

छात्रामाथि यौन दुराचार गरेको आरोपमा एक शिक्षक पक्राउ 

चितवन । चितवनको माडीमा छात्रामाथि यौन दुराचार गर्ने एक शिक्षक पक्राउ परेका छन् । 

पक्राउ पर्नेमा माडी नगरपालिका वडा नम्बर ५ का ३७ वर्षीय सुरज लामिछाने रहेका छन् । 

जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार माडी नगरपालिका वडा नम्बर १ बरुवास्थित श्री सोमेश्वर उच्च मावि मा कक्षा ९ अध्ययनरत अन्दाजी बर्ष १५ की नाबालिकालाई सोही स्कुलमा कार्यरत लामिछानेले बाल यौन दुर्व्यवहार गरेको भनी नाबालिकाको आफन्तले जिल्ला प्रहरी कार्यालय चितवनमा आइतबार लिखित जाहेरी दिएका थिए । 

जाहेरी परेपछि सोही दिन शिक्षक लामिछानेलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button