तपाईँ सुन्दै हुनुहुन्छः

काँग्रेसकै नेतृत्वमा विकास अभियान : वरिष्ठ नेता पौडेल

File Photo

दमौली। नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले काँग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताउनुभएको छ ।

कांग्रेस व्यास नगर समिति वडा नम्बर ३ ले आज पार्टी कार्यालयमा आयोजना गरेको भेटघाट कार्यक्रममा नेता पौडेलले काँग्रेसकै नेतृत्वमा विकासमा फड्को मारेको उल्लेख गर्नुभयो । उहाँले तनहुँको विकासका लागि आफू सदैव प्रतिबद्ध रहेको बताउनुभयो । जिल्लालाई विकासमा नमुना बनाउन प्रयत्नरत रहेको नेता पौडेलको भनाइ थियो ।

“खानेपानी, शिक्षा, सडक, स्वास्थ्य, पूर्वाधार निर्माणका जति पनि काम भएका छन्, त्यो काँग्रेसकै नेतृत्वमा भएको हो, अझै गर्नुपर्ने धेरै काम छन्, बाँकी काम पनि पूरा गर्छौँ,” उहाँले भन्नुभयो, “व्यासमा थुप्रै पूर्वाधार बनेको छ, काँग्रेसले जितेका कारण यो सम्भव भएको हो ।”

प्रतिक्रिया राख्नुहोस्

Back to top button