तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल आज यूएईसँग खेल्दै

काठमाडौं । आईसीसी क्रिकेट वर्ल्ड कप लिग २ अन्तर्गत सोमबार नेपालले यूएईसँग खेल्दै छ । यूएईको दुबईस्थित क्रिकेट रंगशालामा हुने खेल नेपाली समयअनुसार सवा ११ बजे शुरु हुनेछ ।

गत शुक्रबार भएको खेलमा नेपाल यूएईसँग ४८ रनले पराजित भएको थियो । नेपालले यसअघि पीएनजीसँग २ विकेटको जित हात पारेको थियो ।

लिगमा सबैभन्दा कम खेल खेलेको नेपालले १० खेलबाट १० अंक बनाएको छ । ७ टोली सम्मिलित लिगको नेपाल छैटौं स्थानमा छ । नेपालले मंगलबार पीएनजीसँग खेल्ने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button