एमसीसी राष्ट्रिय हितमा छ: प्रवक्ता महत
सल्यान । सल्यानमा निर्माण गरिएको नेपालकै सबैभन्दा ठूलो शङ्खको उद्घाटन गरिएको छ ।
आइतबार पूर्व परराष्ट्र मन्त्री तथा नेपाली काँग्रेसका प्रवक्ता डा. प्रकाश शरण महतले छत्रेश्वरी गाउँपालिका–६, शंखमुलमा निर्माण गरिएको शङ्खको उद्घाटन गर्नुभएको हो ।

त्यस अवसरमा नेता महतले मानिसलाई भौतिक सुख सुविधा मात्र नभई आत्मसन्तुष्टिका लागि आध्यात्मिक विकास हुन जरुरी रहेको बताउनुभयो । उहाँले नेपालमा धेरै धार्मिक तथा पर्यटकीय स्थल भए पनि यथोचित प्रचार र विकास हुन नसकेको उल्लेख गर्नुभयो ।
अर्को एक प्रसङ्गमा नेता महतले अघिल्लो निर्वाचनमा घर घरमा ग्याँस, रेल, पानी जहाजका सपना देखाउने तर व्यवहारमा माखो नमार्ने कम्युनिस्टबाट नेपाल र नेपालीको विकास असम्भव भएको दाबी गर्नुभयो ।
संसदबाट पास भएको एमसीसी नेपालको हितमा रहेको बताउँदै एमसीसीको विषयमा झुटको खेती गर्नेहरूको मुकुन्डो च्यातिएको प्रवक्ता महतको भनाइ थियो ।








प्रतिक्रिया राख्नुहोस्