तपाईँ सुन्दै हुनुहुन्छः

सडक पुगेपछि झोलुङ्गे पुल प्रयोगविहीन

रुकुम । नागरिकको सहज आवतजावतका लागि रुकुम पश्चिममा निर्माण गरिएका झोलुङ्गे पुल प्रयोग विहीन बन्न थालेका छन् । 

कुनै बेला एक ठाउँबाट अर्को ठाउँ जान तथा ग्रामीण क्षेत्रको समस्या हल गर्न खोला र नदीमा बनाईएका झोलुङ्गे पुल प्रयोग विहीन बन्न लागेका हुन् । 

पछिल्लो समय गाउँ–गाउँमा ग्रामीण सडक तथा पक्की मोटरे बल पुल निर्माण भएसँगै जिल्लाका विभिन्न  क्षेत्रमा बनाईएका झोलुङ्गे पुल अहिले सुनसान बन्दै गएका छन् । कतिपय झोलुङ्गे पुल भने हाल जीर्ण अवस्थामा रहेका छन् । 

त्यस्तै दैनिक उपभोग्य वस्तु ढुवानी तथा अवातजावतका लागि गाउँमै सवारीसाधन चल्न थालेकाले झोलुङ्गे पुलको प्रयोग घट्दै गएको छ । 

नजिककै मध्यपहाडिको मोटरयवल पुल बनेपछि रुकुम मुसीकोट वडा नम्बर १३ मुग्लुखोलामा रहेको झोलुंगे प्रयोगविहीन जस्तै छ । 

त्यस्तै रिम्ना, आठविसकोट चिसापानी लगायतका विभिन्न ठाउँमा रहेको झोलुंगे पुलहरु प्रयागविहिन जस्तै भएका छन । वषौँअघि निर्माण गरिएका केहि प्रयोग विहीन झोलुङ्गे पुल समेत हाल जीर्ण बन्दा जोखिम समेत बढेको सर्वसाधारणको भनाई छ । तर वर्षेणि प्रयोग विहीन बन्दै गईरहेका झोलुङ्गे पुलको अन्य विकल्पको विषयमा सरोकारवाला निकायको ध्यान जान सकेको छैन । 

रुकुम पश्चिममा अहिलेसम्म झण्डै ५० जति झोलुङ्गे पुल निर्माण भइसकेका छन् । कतिपय क्षेत्रमा अझै पनि झोलुङ्गे पुल निर्माणाधिन अवस्थामा रहेका छन् । 

पुल नहुँदा वारपार गर्न समस्या हुने ठाउँमा उक्त प्रयोगविहीन पुलहरु लिएर जोड्नुपर्ने त्यहाँका स्थानीय भरत पुनको भनाई रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button