तपाईँ सुन्दै हुनुहुन्छः

ट्याङ्करमा आगलागी हुँदा सह चालकको मृत्यु

बारा । बाराको अमलेखगन्ज स्थित आयल निगमभित्र पार्किङ गरी राखिएको ट्याङ्करमा आगलागी हुँदा सह चालकको मृत्यु भएको छ ।

पेट्रोल अनलोड गर्न पार्किङ गरिराखेको ना.४ ख.२६५६ न.को पेट्रोल ट्याङ्करमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगलागीमा परि ट्याङ्करका सह–चालक स्थानीय ३० वर्षका लक्ष्मण श्रेष्ठको उपचारका क्रममा उनको मृत्यु भएको हो ।

ब्याट्रीको तार सर्ट भई ट्याङ्करको क्याबिनमा आगलागी भएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button