तपाईँ सुन्दै हुनुहुन्छः

मन्त्री श्रेष्ठद्वारा शेख जायद मस्जिद (ग्रान्ड मस्क ) को अवलोकन

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्णकुमार श्रेष्ठले संयुक्त अरब इमिरेट्स (युएई) को भ्रमणका क्रममा अबुधावीस्थित शेख जायद ग्रान्ड मस्क (मस्जिद) को अवलोकन गर्नुभएको छ । 

मन्त्री श्रेष्ठसहितको टोलीलाई ग्रान्ड मस्कका अधिकारीहरूले युएईको प्रमुख प्रार्थना स्थलको रूपमा रहेको शेख जायद मस्जिदका विभिन्न पक्षबारे जानकारी दिनुभएको थियो ।

उक्त अवसरमा मन्त्री श्रेष्ठले ग्रान्ड मस्कमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गर्नुभएको थियो भने उहाँलाई उक्त केन्द्रका तर्फबाट मस्जिदको इतिहास तथा कलासम्बन्धी पुस्तक उपहारस्वरूप प्रदान गरिएको थियो । 

मन्त्री श्रेष्ठका साथ सचिव एकनारायण अर्याल, सहसचिव राजीव पोखरेल, दूतावासका श्रम सहचारी निर्मला थापा लगायत उपस्थित हुनुहुन्थ्यो ।

शेख जायद ग्रान्ड मस्कलाई संयुक्त अरब इमिरेट्सको प्रमुख प्रार्थना स्थलको रूपमा लिइन्छ । युएईका पूर्व राष्ट्रप्रमुख शेख जायद बिन सुल्तान अल नेह्यानले निर्माण गर्नुभएको ग्रान्ड मस्क नजिकै उहाँको समाधिस्थल पनि छ । 

ग्रान्ड मस्क सन् १९९६ मा निर्माण सुरु भएर सन् २००७ मा सम्पन्न भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button