पैसा लिएर प्रयोगात्मक परीक्षाको परिणाम फेरबदल गर्ने नौ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ । प्रयोगात्मक परीक्षामा फेल भएका व्यक्तिलाई पैसा लिएर पास गराएको र परिणाम नै फेरबदल गराएको आरोपमा नौ जना विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
यातायात व्यवस्था कार्यालय, पोखराका तत्कालीन निमित्त कार्यालय प्रमुख शाखा अधिकृत गोकुल शर्मा पौडेल, हरिप्रसाद गौतम, भरतराज काफ्ले, प्रेम प्रसाद श्रेष्ठ, डिल्लीराम बराल, होमनाथ शर्मा, झलक पौडेल, मोहनमणि सुवेदी र भरतमणि बराललाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिमको कसुर भएकोले सोही दफा बमोजिमको अधिकतम सजायको मागदाबी लिई आज विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ।
२०७५ साल मङ्सिर र २०७६ साल साउनदेखि मङ्सिर महिनामा सञ्चालन गरिएको विभिन्न वर्गका प्रयोगात्मक परीक्षामा फेल तथा अनुपस्थित भएका १६६ जना परीक्षार्थीहरूलाई पास गराएको तथा दुई जना प्रयोगात्मक परीक्षामा पास भएका परीक्षार्थीहरूलाई फेल गराएको आयोगले जनाएको छ ।






प्रतिक्रिया राख्नुहोस्