तपाईँ सुन्दै हुनुहुन्छः

टीकापुरमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, २ घाइते

file photo

टीकापुर, कैलाली । टीकापुरमा मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अन्य २ जना घाइते भएका छन् । टीकापुर–खक्रौला सडक खण्डको अस्नेहरीमा लु.७४ प.४०७४ र से.३ प.९७४६ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा टीकापुर नगरपालिका वडा नम्बर २ वन्दपुरका २५ वर्षीय मञ्जील कार्कीको मृत्यु भएको प्रहरीले जनाएको छ । 

दुर्घटनामा परी बर्दिया गुलरीयाका २६ वर्षीय दिवस चौधरी र २२ वर्षीय प्रजापति चौधरी घाइते भएका छन् । घाइतेहरूको टाउको र खुट्टामा चोट लागेको र उनीहरूलाई टीकापुर अस्पतालमा उपचारपछि नेपालगन्ज रेफर गरिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायव उपरीक्षक प्रकाश सापकोटाले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button