तपाईँ सुन्दै हुनुहुन्छः

सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा जोड 

काठमाडौँ । नेपाल घरेलु तथा साना उद्योग महासङ्घले लामो समयदेखि अन्यौलता रहेको सार्वजनिक निकायमा स्वदेशी वस्तुको उपयोग सम्बन्धी निर्देशिकाको प्रभावकारी कार्यान्वयनमा जोड दिएको छ ।

नेपाल घरेलु तथा साना उद्योग महासङ्घका अध्यक्ष उमेशप्रसाद सिंहले नेपालका लघु, घरेलु तथा साना उद्योगको प्रवर्धनका लागि सरकारले ल्याएको सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग अनिवार्य गर्ने विषय कागजमै सीमित रहेको भन्दै उक्त निर्देशिकाको प्रभावकारी कार्यान्वयनका लागि पहल शुरु गर्ने बताउनुभयो ।

कोरोनाका कारणले स्थगित भएको अन्तर्राष्ट्रिय औद्योगिक व्यापार मेला तथा घरेलु उद्योग महोत्सवको आयोजना गरी स्वदेशी उत्पादनको बजार प्रवर्धन र विकास गर्न सहयोग गर्ने महासङ्घको आगामी योजना रहेको पनि अध्यक्ष सिंहले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button