तपाईँ सुन्दै हुनुहुन्छः

डडेलधुरामा गोली लागेर एकको मृत्यु

डडेलधुरा । यहाँ गोली लागेर एक जनाको मृत्यु भएको छ । 

मङ्गलवार राति गन्यापधुरा  गाउँपालिका–५ स्थित पटौरा सामुदायिक वनमा जङ्गली जनावर मार्नका लागि भरुवा बन्दुकको पासो थापेका गन्यापधुरा–४ का ४५ वर्षीय दलबहादुर पानलाई सोही बन्दुकको गोली लाग्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार दलबहादुरको डडेलधुरा अस्पताल लैजाँदै गर्दा बाटामा नै मृत्यु भएको हो । मृतकको शव अस्पतालमा राखिएको बताइएको छ । 

त्यस्तै घटनामा संलग्न रहेको हुनसक्ने भन्दै प्रहरीले अन्य चार जनालाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ । 

नियन्त्रणमा लिइएकाको परिचय भने प्रहरीले खुलाएको छैन ।रासस 

प्रतिक्रिया राख्नुहोस्

Back to top button