बागमती प्रदेशको अर्धवार्षिक खर्च १५ प्रतिशत मात्र

मकवानपुर । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १५ प्रतिशत मात्र बजेट खर्च गर्न सकेको छ ।
बागमती प्रदेश सरकारको अर्धवार्षिक बजेट मूल्याङ्कन प्रतिवेदन सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री शालिकराम जमकट्टेलले चालु आर्थिक वर्ष २०७८/७९ को ६ महिनामा १५ दशमलव १५ प्रतिशत मात्रै खर्च भएको बताउनुभयो । मङ्गलवार प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रालयले पत्रकार सम्मेलन गर्दै प्रतिवेदन सार्वजनिक गरेको हो ।
बजेट सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजना मन्त्री जमकट्टेलले चालु आर्थिक वर्षको कूल विनियोजित ५७ अर्ब ७२ करोड ९ लाख २७ हजार रुपैयाँ मध्ये ६ महिनामा ८ अर्ब ७४ करोड ६४ लाख ९० हजार रुपैयाँ खर्च भएको जानकारी दिनुभयो । जुन कूल बजेटको १५ दशमलव १५ प्रतिशत मात्र हुन आउँछ । यस्तै, कुल खर्चमध्ये चालुतर्फ ५ अर्ब २ करोड १६ लाख ३३ हजार रुपैयाँ विनियोजित रकमको १९ प्रतिशत खर्च भएको छ । चालु आर्थिक वर्षामा सघीय सरकारबाट सशर्त, समानीकरण, समपूरक र विशेष अनुदानबाट कुल समीक्षातर्फ ९ अर्ब ४८ करोड १९ लाख ९५ हजार रुपैयाँ प्राप्त भएको जनाइएको छ ।







प्रतिक्रिया राख्नुहोस्