तपाईँ सुन्दै हुनुहुन्छः

चैते धानको क्षेत्रफल धनुषामा विस्तार हुँदै 

जनकपुरधाम । धनुषा जिल्लामा चैते धान खेती प्रति किसानको आकर्षण बढ्न थालेको छ । 

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानहरूलाई चैते धानका लागि बीउ अनुदानमा प्रदान गरेपछि धान खेती गर्ने किसानको सङ्ख्यामा वृद्धि भएको छ । गत वर्ष ३ सय हेक्टरका लागि चैते धानको बीउ गत वर्ष प्रदान गरेकोमा त्यति क्षेत्रफलमा यस वर्षपनि निरन्तरता दिँदै थप ६० हेक्टर क्षेत्रफलमा खेती हुने भएको आयोजनाका कृषि प्राविधिक राहुल देव साहले जानकारी दिनुभयो । 

धनुषाको वटेश्वर, लक्ष्मीनिया, धुषाधाम, जनकपुरधाम उपमहानगरपालिकाको वडा नंं १५ मा यस वर्ष चैते धानको क्षेत्रफल विस्तार गर्ने काम भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाई धनुषाका प्रमुख युगल किशोर तिवारीले जानकारी दिनु भएको छ ।

प्रति हेक्टर ४० किलो चैते धानको बीउ आवश्यक रहेको छ । अरू धानभन्दा चैते धानको उत्पादन डेढ गुणा बढी हुने गरेको छ । चैते धानबाट चिउरा तथा मुरही तयार गर्ने भएकाले यसको क्षेत्रफल विस्तार गर्न सकेको खण्डमा भारतबाट आयात गर्नु पर्ने बाँधयताको अन्त्य हुने भएको छ । 

आयोजनाले चैते धान खेतीमा सिँचाई गर्न किसानको लागि बोरिङको व्यवस्था पनि आयोजनाले गरेको छ । सिँचाइको सुविधा भएको ठाउँमा चैते धान उपयोगी रहेको परियोजनाका कृषि अधिकृत कालीकान्त मिश्रले जानकारी दिनुभयो ।      

प्रतिक्रिया राख्नुहोस्

Back to top button