पाँचौँ झापा गोल्डकप फुटबलको उपाधि त्रिभुवन आर्मीलाई
झापा । विभागीय टोली त्रिभुवन आर्मी क्लबले पाँचौँ संस्करणको झापा गोल्डकप फुटबलको उपाधि जितेको छ ।
बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा सोमबार घरेलु टोली झापा–११ लाई २–१ गोल अन्तरले हराउँदै आर्मी च्याम्पियन बनेको हो ।

आर्मीलाई जित दिलाउन टेक बहादुर बुढाथोकी र जर्ज प्रिन्स कार्कीले एक एक गोल गरे । झापाका विमल घर्ती मगरले एक गोल फर्काए ।
आर्मीले चौथो पटक झापा गोल्डकपको उपाधि जितेको हो । यस्तै आर्मीले लगातार तेस्रो पटक जित्दै उपाधिमा ह्याट्रिक गरेको छ । यस अघि पहिलो, तेस्रो र चौथो संस्करणमा झापालाई नै हराउँदै आर्मीले उपाधि चुमेको थियो ।
उपाधिसँगै आर्मीले नगद १२ लाख ५५ हजार प्राप्त गरेको छ । उपविजेता बनेको झापाले ६ लाख ५ हजार रुपैयाँ प्राप्त गरेको छ ।
झापा पाँचौँ पटक उपविजेता बनेको हो ।







प्रतिक्रिया राख्नुहोस्