तपाईँ सुन्दै हुनुहुन्छः

प्रतिबन्धित लागुऔषध सहित ३ जना पक्राउ

सुनसरी । मोरङको विराटनगर महानगरपालिका–१५ स्थितबाट लागुऔषध ब्राउन सुगर सहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी गाउँपालिका–९ सिन्धुपाल्चोकका ३८ वर्षीय संदिप खडका, स्वयम्भू नगरपालिका–१५ काठमाडौँका २३ वर्षीय हिमाल नेपाल र देउराली गाउँपालिका–५ रामेछापका ३४ वर्षीय कृष्ण बहादुर मगर रहेका छन् । 

इलाका प्रहरी कार्यालय रानीबाट खटिएको मोबाइल गस्ती टोलीले शङ्का लागि चेकजाँच गर्ने क्रममा निजहरूको साथबाट ब्राउन सुगर १.६ ग्राम, नगद रुपैयाँ १ लाख ५ हजार बरामद गरेको हो । 

पक्राउ परेका तीनै जनाको इलाका प्रहरी कार्यालय रानीबाट थप अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button