तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

पाल्पा । पाल्पाको तानसेन, ढुङ्गाखानीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा रिब्दीकोट ४, भैरवस्थानका २० वर्षीय भरत गोदार रहेको प्रहरीले जनाएको छ । गए राति तानसेनबाट हार्थोक जाँदै गरेको लु १४ प ६८६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो । 

मोटरसाइकल र चालक सडकदेखि १५ मिटर तल खसेको अवस्थामा उद्धार गरी उपचारका लागि मिसन अस्पतालमा पुर्‍याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button