तपाईँ सुन्दै हुनुहुन्छः

प्रेस युनियनको महाधिवेशन जेठ १३ र १४ गते हुने

काठमाडौँ । नेपालका लोकतन्त्रवादी पत्रकारको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन आगामी जेठ १३ र १४ गते बागमती प्रदेशको राजधानी हेटौँडामा हुने भएको छ ।

प्रेस युनियन केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले महाधिवेशनको मिति र स्थान तय गरेको युनियनका अध्यक्ष बद्री सिग्देलले जानकारी दिनुभयो ।

युनियनले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्न मूल आयोजक समिति, निर्वाचन समिति र अन्य विभिन्न छ समिति समेत गठन गरेको छ । अध्यक्ष सिग्देलले महाधिवेशन सफलतापूर्वक सम्पन्न गर्नका लागि जुट्न सम्पूर्ण प्रेस युनियनकर्मीहरूलाई हार्दिक आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button