तपाईँ सुन्दै हुनुहुन्छः

गृहमन्त्री र प्रकाण्डबिच सहमति कार्यान्वयनबारे छलफल

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाँण र नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’बिच भेटवार्ता भएको छ ।

गृह मन्त्रालयमा भएको भेटवार्तामा शुक्रवार प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा महासचिव विप्लवसहित भएको वार्तामा उठेका विषयवस्तुको कार्यान्वयन पक्षबारे छलफल भएको थियो । छलफल सकारात्मक रहेको दुवै पक्षको भनाइ छ ।

भेटमा गृहमन्त्री खाँणले विप्लव नेतृत्वको नेकपासँग भएको तीन बुँदे सहमति कार्यान्वयन गर्न सरकारले पहल गरिरहेको बताउनुभएको थियो ।

नेकपा र सरकारबिच २०७७ फागुन २० गते तीन बुँदे सहमति भएका थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button