तपाईँ सुन्दै हुनुहुन्छः

यू–१८ महिला च्याम्पियनसिप फुटबलका लागि नेपाली टोली भारत प्रस्थान

काठमाडौँ । भारतमा आयोजना हुने साफ यू–१८ महिला च्याम्पियनसिपका लागि नेपाली टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको छ ।

अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का अनुसार नेपाली टोली बिहान ११ः४० बजे भारत प्रस्थान गरेको हो ।

च्याम्पियनसिपका लागि यू–१८ टिमका मुख्य प्रशिक्षक दर्शन भक्तराज वटले बिहीबार नै २३ सदस्सीय नेपाली टोलीको घोषणा गरिसकेका छन् । च्याम्पियनसिप भारतको जमसेदपुरमा मार्च १५ देखि २५ तारिखसम्म हुनेछ । च्याम्पियनसिपमा नेपाल, भारत र बङ्गलादेशको सहभागिता रहने छ ।

डबल राउन्ड रोबिनको आधारमा हुने च्याम्पियनसिपको उद्घाटन खेलमा नेपालले आयोजक भारतसँग खेल्नेछ । नेपाल र भारतबिचको खेल मार्च १५ मा हुनेछ । दोस्रो खेलमा नेपालले मार्च १७ मा बङ्गलादेशको सामना गर्नेछ । यस्तै मार्च २१ मा फेरि भारतसँग खेल्दा नेपालले मार्च २३ मा बङ्गलादेशसँग खेल्नेछ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button