तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको हुबासमा पहिलो पटक बिजुली बल्यो

पाल्पा । पाल्पाको निस्दी गाउँपालिको ज्यामिरे हुबासमा पहिलो पटक बिजुली बत्ती पुगेको छ । विगत लामो समयदेखि बिजुली बत्तीको पर्खाइमा रहेका निस्दी ज्यामिरे,हुबास गाउँमा पहिलो पटक बत्ती पुगेको हो ।

सामुदायिक बिद्युत्का लागि पैसा बुझाएको धेरै वर्ष हुँदासमेत बत्ती नपुग्दा निराश भएका स्थानीय जनता अहिले भने उत्साहित छन्  । साविक ज्यामिरे गाउँ विकास समितिको वडा नम्बर–१,चारघरे पछि हुबास ज्यामिरेको बिजुली बत्ती उपभोग गर्ने पहिलो टोल बनेको छ ।

हाललाई करिब ६५ घरपरिवारमा बिजुली बत्ती बाल्न सफल भएको ज्यामिरेको हुबासमा चाडै नै बिस्तार गरिने पूर्व भूमिसुधार मन्त्री तथा संघीय सांसद दल बहादुर रानाले बताउनु भयो । निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले स्थानीयको मेहनत,साथ र सहयोगले बिजुली बाल्न सकिएको भन्दै सम्बन्धित सबैलाई धन्यवाद दिनुभयो  । बिजुली बत्ती आएपछि विद्यार्थीहरूलाई पढ्न,रेडियो सुन्न र टिभी हेर्नका लागि सजिलो हुने र टुकीको भरमा बस्नु नपर्ने स्थानीय गम बहादुर सारुले बताउनुभयो  ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button